• नेपाल सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    पशु सेवा विभाग

    पशु क्‍वारेन्टाईन कार्यालय

    भैरहवा ,रुपन्देही


    परिचय

    कृषि र पशुपालनको हिसावले रूपन्देही जिल्ला देशकै अग्रपंक्तिमा आउनुको साथै पशुको स्रोत केन्द्रको रूपमा लिन सकिन्छ । देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पशुपालनको विकास बिना गरिबी हटाउन सकिदैन । बढ्दो जनसंख्याको लागि प्रोटिनयुक्त पौष्टिक खाद्य पदार्थहरूमध्ये पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीहरू आयात भैरहको छ । आयातलाई प्रतिस्थापन गर्न, परम्परागत पशुपालन पद्दतीलाई व्यवसायीकरण गरी दुध, फुल, मासुमा मुलुक आत्मनिर्भर बन्नको लागि पशु रोगको नियन्त्रण गर्ने, युवा शक्तिलाई यस पेशामा आकर्षण गरी रोजगारीको सृजना गर्नु आजको आवश्यकता हो । पशु, पशुजन्य पशु पदार्थ, पशु उत्पादन सामग्रीको आयात गर्दा देश बाहिरबाट भित्रिन सक्ने विभिन्न संक्रामक रोगहरू भित्रिन नदिन नियन्त्रण गर्न र देशभित्र संक्रामक रोग फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गरी पशुपालनको व्यवसायीकरणलाई टेवा दिन मद्दत गर्नुको साथै उक्त सामग्रीको आयात निर्यात गर्दा अवलम्बन गर्नु पर्ने कानुनी प्रावधानलाई यस कार्यालय तथा अन्तर्गतका चेकपोष्टहरूले पालना गर्नु गराउनु प्रमुख कर्तव्य तथा जिम्मेवारी हुन आउँछ । यस कार्यालयको विगत ५ वर्षको तथ्याङ्कको विश्लेषण गर्दा पशु, पशुजन्य पदार्थ तथा पश उत्पादन सामग्रीको केही हदसम्म आयात प्रतिस्थापन तथा निर्यातको प्रवर्द्धनले देश आत्मनिर्भर उन्मुखतर्फ अग्रसर हुन लागेको पाइन्छ ।

    नेपाल सरकारको निर्णयानुसार मिति ०६१।०१।०१ देखि पशु सेवा विभागको संगठन एवं संरचनामा परिमार्जन भई विगतमा संचालन भई रहेको पशु क्वारेन्टाईन चेकपोष्टहरू बेलहिया (रूपन्देही), कृष्णनगर (कपिलवस्तु र जमुनिया हाल महेशपुर लाई (प. नवलपरासी) लाई परिमार्जन गरि पशु क्वारेन्टाईन कार्यालय, भैरहवाको स्थापना भएको हो । यस कार्यालयको कार्य क्षेत्र हाल रूपन्देही, कपिलवस्तु र प. नवलपरासी जिल्लामा रहेको छ ।

    खुला सिमानाका कारण लुकीचोरी अवैध रूपमा आयात पशुपन्छी, पशुजन्य पदार्थ, पशु उत्पादन सामाग्रीलाई सुरक्षा निकाय, भन्सार कार्यालय र यस कार्यालयको समन्वय र सक्रियतामा निरूत्साहित पार्ने काम अझ बलियो बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।

    उदेश्य

    • पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीहरूको आवत/ जावतलाई व्यवस्थित गरि देश भित्र/ बाहिरबाट फैलिन आउन सक्ने संक्रामक रोगहरू नियंत्रण गर्न टेवा पुर्याई पशुपालन व्यवसायलाई सशक्त बनाउने ।
    • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने ।
    • देश भित्र कुनै संक्रामक रोग भित्रि फैलिएमा पशु सेवा कार्यालय तथा अन्य रोग नियन्त्रण गर्ने निकायहरू सँग समन्वय गरि रोगको रोकथाम र नियंत्रण कार्यमा सहयोग गर्ने।
    • बाह्य मुलुकबाट भित्रिन सक्ने संक्रामक रोगको बारेमा जनचेतना अभिवृद्धि गर्ने ।
    • रोग नियन्त्रण र निदान कार्यमा पशु सेवा कार्यालय तथा पशु रोग अन्वेषण प्रयोगशालालाई सहयोग पुर्याउने ।
    • पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री तथा रोगहरूको अध्यावधिक तथ्यांक राखि भेटेरिनरी इपिडेमियोलोजी केन्द्रमा पठाउने ।
    • पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र तत् सम्बन्धि नियमावली २०५६ मा भएको क्वारेन्टाईन सम्बन्धि दफा उपदफाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

    लक्ष्य

    .

    © 2020 Copyright : पशु क्‍वारेन्टाईन कार्यालय, भैरहवा ,रुपन्देही
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.